ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीतिक नेतृत्वसंग जनताको विश्वास नभएको नागरिक समाजको निस्कर्ष

द प्रेस नेपाल संवाददाता

काठमाडौं पुस २३ ।  नेपालको हरेक राजनीति परिवर्तनको अग्रमोर्चा सम्हालेको नागरिक समाजसंग नेकपा(प्रचण्ड- माधव) समुहले सहकार्यको प्रस्ताव गरेको छ ।उक्त समुहले नागरिक समाजसंग अन्तकृया गर्दै आगामी कदममा सहकार्य गर्ने प्रस्ताव गरेको हो । तर नगरिक समाजका अगुवाले भने नेपाली राजनीतिक नेतृत्व आफ्नो स्वार्थ पुराभएसंगै जनताका समस्या भूल्ने गरेको भन्दै त्यस्को प्रत्याभुती गर्न दाहाल- नेपाल समुहलाई आग्रह गरेका छन् । लोकतन्त्र तथा संविधान माथी प्रहार भएको भन्दै त्यसको विरुधमा एक जुट हुन तयार भएपनि जनताका समस्याको साधान गर्ने प्रतिवद्धता पुरा गर्न दवाव दिएका छन् ।

पूर्व सभामुख दमनाथ ढुंगाना – कार्यकबहाक प्रधानमन्त्री र बाहीर रहेका ३ पूर्व प्रधानमन्त्री कुस्ती

पूर्व सभामुख दमनाथ ढुंगानाले संसद विघटन नेकपाको आन्तरिक किचलोको परिणाम भएको जनाएका छन् । उनले शक्ति स्वाथ नमिल्दा जनता तथा नागरिक समाजमा कार्यबहाक प्रधानमन्त्री र पूर्व ३ प्रधानमन्त्रीको कुस्ति जस्तो देखिएको टिप्पणी गरे । साथै पूर्व ३ प्रधानमन्त्री पुस्पकमल दाहाल’प्रचण्ड’, झलनाथ खनाल र माधवकुमार नेपाललाई अन्य दुई पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा बाबुराम भट्टराईको सहयोग गरेको देखिएको जनाए । ढुंगानले ओलीमात्र नभइ यसको अपजस प्रचण्ड- माधव समुह सहित सम्पुर्ण संसदले लिनु पर्ने बताएका छन् ।

कार्यक्रममा सहभागी अध्यक्ष माधव कुमार नेपाल, वरिठ नेता झलनाथ  खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्रीले यत्रो गर्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका थिए । कि नेकपा तपाईहरुको पार्टि हैन ? ढुंगानाको प्रश्न थियो । उनले राष्ट्रिय सभावाट प्रधानमन्त्री बनाउने गरी कानुन संसोधन गरेको  भन्दै बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नु भयो अव नारायकाजीलाई पनि प्रधानमन्त्री बनाउनुहोस  तेसमा केही छैन तर तपाईहरु जनाताबाट भाग्नु हुन्न भन्ने गरेन्टी कस्ले दिने ? उनको प्रश्न थियो ।

फोहोर गर्ने जस्तै फोहोर हेरेर बस्नेको पनि गल्ती हुने भन्दै पार्टी भित्र यत्रो रडाको मच्चिदा पनि के हेरेर बसेको भन्दै प्रश्न गरे । प्रजातन्त्रमा सवै भन्दा ठूलो शक्ति सन्तुलन भएको भन्दै  नेकपा भित्र शिर्ष नेता देखी विभिन्न समिति तथा सरकारमा प्रतिपक्षले शक्ति सन्तुलन मिलाउन नसकेको उनको आरोप छ ।

अख्तियार अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय- भोटको अपमान भयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जनमतको अपमान भएको जनाएका छन् । जनताले नेकपालाई ५ बर्ष सरकार सञ्चालनको म्यान्डेट दिएपनि आन्तरिक किचलोका कारण संविधानमानै नभएको व्यवस्थाको हवला दिदै संसद विघटन गर्नु संविधान तथा लोकतन्त्रमाथीको प्रहार भएको जनाएका छन् ।

उपाध्यायले जव जव संविधानमाथी संकट पर्छ तेतिवेला नागरिक समाज वोल्ने गरेको जनाएका छन् । उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको मैनाता प्रति लक्षित गर्दै संविधान निर्माण कर्ता आफै मौन बस्नु ठुलै स्वास्थ वा बाध्यता भएको हुनसक्ने आकलन गरेका छन् ।

उपाध्यायले संविधान निर्माण कर्ता केहि वाध्यताले मौन बसेपनि आफूहरु मौन नबस्ने जनाएका छन् लोकतन्त्रको रक्षा, संविधानको रक्षा गर्नु पर्ने बेला आएको बताएका छन् । लोकतन्त्रमा यस्तो अवस्था आउनु आफैमा दुर्भाग्य भएको उनको भनाई छ ।

नागरिक अगुवा कृष्ण पहाडी- न्यायालयलाई ओलोमय बनाउन खोजियो

नागरिक अगुवा कृष्ण पहाडीले न्यायालयलाई प्रभावमा पारेर आफ्नो पक्षमा फैसला गर्ने प्रयत्न भएको भन्दै ओलीमय बनाउन लागी परेको आरोप लगाएका छन् । अहिले रेल लिगबाट बाहिर निस्केको छ जसलाई सर्वोच्च अदालतले लिगमा ल्याउला पहाडीको भनाई छ ।

तर न्यायालयमाथी जनताको सम्पुर्ण विश्वास क्रमश गुम्दै गएको भन्दै यसको सम्पुर्ण अपजस राजनीतिक नेत्रित्वले लिन पर्ने बताएका छन् । हिजो सत्तामा हुदा आफुना आसेपासेलाई नियुक्त गर्दाको परिणाम आज आफै भोग्नु परेको भन्दै नेताहरु प्रति कटाक्ष गरेका थिए ।

ओलीले तानाशाही प्रविर्ति देखाएको भन्दै आफु त पतन  भए भए लवकतन्त्र पनि पतन गराउने हुन् की भन्ने चिन्ता बढेको उनको भनाई छ । लोकतन्त्रको रक्षा सवैको प्राथमिकता भएको भन्दै जनाता प्रति उत्तरदाही हुन राजनीति नेत्रितवलाई आग्रह समेत गरेका छन् ।

लेखक तथा अग्रज पत्रकार नारायण वाग्ले – माघ १९ दोहोरिने हो की भन्ने चिन्ता

लेखक तथा अग्रज पत्रकार नारायण वाग्लेले माघ १९ पुन दोहोरिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रि केपी शर्मा ओलीले तानाशाही बन्दै गएको र जतातै सेटिङ गरेका कारण माघ १९ पुन नआउला भन्न नसकिने जनाएका छन् ।

उनले ओलीको प्रविर्तिका कारण पटक पटक माघ ८, असोज १८ र माघ १९ सम्झना हुने गरेको भन्दै यस्तो नगर्न खवरदी गरीरहनु पर्ने जोड दिएका छन् । वाग्लेले राजनीतिक नेतृत्वले पटक पटक जनतालाई धवका दिएको भन्दै नेतृत्वलाई एक पटक कान समाएर जनतासंग जान आग्रह गरे ।

नागरिक समाजका अगुवा तथा अग्रज पत्रकार नारायण वाग्लेले जता ततै सेटिङ नै सेटिङ भएको भन्दै जेष्ठ ८ माघ १९ दोहोरीन सक्ने भन्दै सजक रहन आग्रह गरे ।

विरष्ठ अधिवक्ता दिनेश  त्रिपाठी–  शिर्ष नेताको रिटायर्ड

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरिष्ठ नेताले राजनीतिबाट रिटार्यर्ड लिने समय आएको बताएका छन् । समस्याको मुल कारण नै शिर्ष नेता रहेकव उनको भनाई छ । शक्ति समिकरण नमिलेका कारण लोकतन्त्रको यो अवस्था आएको भन्दै त्रिपाठीले दुवै पक्षका शिर्ष नेतालाई आराम गर्न सुझाव दिएका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *