ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

हेमन्त शिसिरको ‘औंठी सुनैको’ प्रेमील गीत सार्वजनिक

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
    20
    Shares

गायक तथा संगीतकार हेमन्त शिसिरको ‘औंठी सुनैको’ बोलको गीत सार्वजनिक भएको छ ।उनको गीत बुधवार हेमन्त शिसिर म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको हो । 

शिसिरकै शब्द संयोजनमा रहेको गीतमा शिसिरलाई आवाजमा गायीका मेनुका परियारले साथ दिएकी छिन । गीतको भिडियोमा शिसिर र मेनुकाले गायन प्रस्तुती दिएका छन्  भने लोक बाजा मादल मुरली साथै गीतार लगायतका आधुनिक बाजाको प्रस्तुतीमा तयार पारिएको छ  ।

गीतको एरेन्जमेन्ट र मिक्सिङ समेत हेमन्त शिसिरको रहेको गीतमा     शिसिरकै निर्देशन रहेको छ । म्यूजिक भिडियोमा भुमिराज थापा, पवन परियार, विरेन वि. सि, रामु एस. के को बिशेष सहयोगीको भुमिका रहेको छ । गीतको दृश्य सम्पादन ह्वाईट मिडियाले गरेको छ ।

प्रेमील साथै सेन्टिमेन्ट भावमा  तयार भएको ‘औंठी सुनैको’ गीतमा एक अर्का प्रतीको प्रेम भावलाई दर्शाउन खोजिएको छ । गीतले आफ्नोपनलाई भावनामा र आफ्नै जिवनमा कसरी पलपल जोडिएका हुन्छन् र यादहरु कसरी रहेका हुन्छन् भन्ने सन्देश दिन खोजेको छ । संगीत पारखी हेमन्त शिसिरका दर्जनौ गीत यसअघी सार्वजनिक भैसकेका छन् । लामो समयदेखी नेपाली संगीतमा अतुलनिय योगदान दिएका शिसिरका गीत जो कोहीका मनमुटुमा बस्न सफल भएका छन् । सर्जकले आगामी दिनमा नयाँ नयाँ सृजना ल्याईराख्ने बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *