अमेरिकी संसदमा आक्रमण, एकको मृत्यू वासिंगटनमा कर्फ्यू संसद भवन सुरक्षाकर्मीको नियन्त्रणमा
सेयर गर्नुहोस
34 - 34Shares
एजेन्सी, पुस २३ ।
राष्ट्रपति निर्वाचनमा पराजय भोगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसदमै आक्रमण गरेका छन् ।
ट्रम्प समर्थकले संसद भवन भित्रै छिरेर हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । प्रदर्शनमा सहभागी १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपका क्रममा एक जना मारिएका छन। ।
ट्रम्पका समर्थकहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरेका थिए ।तर ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन् ।