ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्राविधिक हिसावले बैशाख १७ र २७ मा निर्वाचन संभव छ – आयोग

द प्रेस नेपाल संवाददाता

काठमाडौं,  पुस २३ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दै बैशाख १७ र २७ लाई मध्यावधिक निर्वाचनको मिति तोकेका थिए । तर ओलीको कदम गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा एक दर्जन बढि बुद्दा परेका छन् तिनिहरुको बहस जारी छ ।

तेस्तै ओलीको कदम विरुध नेकपा भित्रकै(प्रचण्ड- माधव) समुहले ओलीको साथ छोडेर उनी विरुध सडमा उत्रिएको छ । भने प्रमुख प्रतिपक्षी नेपाली काग्रेस, जनता समाजवादी पार्टी  राष्ट्रिय प्रजातन्त्र पार्टी सडकमा छन् भने नागरीक समाजसमेत ओलीको विपक्षमा सडकमा छ ।

निर्वाचनको अन्योलताका विच निर्वाचन आयोगले भने निर्वाचनको तयारी सुरु गरेको छ । सरकारको निर्देशन अनुसार काम गरिरहेको आयोगले मतादाता नामावली अध्यावदिक गर्नेकाम सुरु गरेको छ भने मतदान केन्द्र पुनरावलोकन कार्यक्रम पास गरेको  छ ।

उता नेकपा विवाद निर्वाचन आयोगमा पुगिसकेका कारण आयोगले दुवै समुहलाई पत्रचार गरेर जवाफ माग गरेको छ । दुवै पक्षले आफु आधिकारीक भएको भन्दै नाम र चुनाव चिन्हका लागि दावी गरिरहदाँ आयोगले पत्रचार गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसरा दुवै पक्षलाई पत्रचार गरिएको र दुवैको जवाफ पछि कानुनी आधारमा आयोगले निर्णय गर्ने छ ।

दुवै समुहको विवाद मिल्ने हो तथा अदालतको फैसलाले निर्वाचन गराउने आदेश दिएमा तोकिएको मितिमा निर्वाचन गराउन सक्ने आयोगले जनाउको छ । प्रवक्ता श्रेष्ठ भन्छन् – ‘ आयोगले अन्त्रराष्ट्रिय अभ्यासका आधारमा १ सय २० दिनमा निर्वाचन सक्ने तथा नेपालमा ८२ दिनमानै निर्वाचन गराएका उदाहरणहरु छन् तेसैले यो आयोगका लागि पर्याप्त समय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *