आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?
आज मिति २०७७ साल पुस २३ गते बिहीबार तदनुसार सन २०२१ जनवरी महिनाको ७ तारिख, पौष कृष्ण पक्ष, हेमन्त रितु, दक्षिणायन सुर्य, चित्रा नक्षत्र, नवमी तिथी, सुकर्म योग, तैतिल करण, आज चन्द्रमा तुला राशीमा रहने छ, आजको अभिजित अर्थात शुभ मूहुर्त बिहानको ११ बजेर ४९ मिनेटबाट १२ बजेर ३१ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसो १ बजेर २८ मिनेट देखि २ बजेर ४७ मिनेटसम्म रहने छ, राहुकालमा दीर्घकालसम्म असर पर्ने कुनै पनि शुभ कार्य शुरु गर्नु हुँदैन ।
मेष राशी
मानसिक धपेडि पर्न सक्ने खालको दिन छ,, चिन्ता र अत्यधिक खर्चले स्वास्थ्य स्थिति बिग्रन सक्ने, नियमित खानपानमा गडबडी भइ समस्या उत्पन्न हुने, ज्वरोे, घाउ चोटपटक, दुर्घटना, रक्तस्राव, धन हानी, मान सम्मानमा आघात, शत्रुवृद्धि, बन्धुबान्धव तथा मित्रवर्गसँग विवाद, पारिवारिक तथा दाम्पत्य सुखमा कमी, व्यवसायमा बाधा जस्ता अनिष्ट फलहरुबाट गुज्रिनु पर्ने अवस्था आउन सक्छ ।
वृष राशी
दिन मध्यम खालको छ । अपरान्ह पछि कार्य सफलता, मनोरन्जनमा समय बित्न सक्ने, अचानक धन प्राप्ति, रति सुखको प्राप्ति, पाहुना सत्कार र उत्तम खानपान, धन धान्यको प्राप्ति, सन्तानको प्रगति, बन्धुजनबाट सुख, लगायत मन प्रफुल्लित हुने खालका क्रियाकलाप हुन सक्छन ।
मिथुन राशी
दिन राम्रो रहने छ । आत्मविश्वास बढने, मन प्रफुल्ल हुने, निरोगिताको प्राप्ति, अप्ठयारो कुराहरुबाट विजय प्राप्त हुने, आर्थिक लाभ, आदर सम्मान वा कदर पाइने, शत्रुबाधाबाट मुक्ति, गरेका कार्यहरुमा सफलता प्राप्त हुने योग छ । खर्चमाथि भने नियन्त्रण राख्नुहोला, घरमै आनन्द र रमाइलोमा समय बिताउनु भएको खन्डमा दिन सुखद रहने छ ।
कर्कट राशी
दिन सोचे अनुरुप नहुन सक्छ, शारिरिक कष्ट वा धपेडी पर्ने योग रहेकोले व्यर्थको श्रम र अनावश्यक खर्च बाट बच्नु होला, आफन्त हानी, कुटुम्ब विवाद, मन अशान्त हुने, आर्थिक हानी, सन्तान पक्षमा हानी वा तनावको स्थिति आउन सक्छ, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने पनि हुन सक्छ, यात्रा गर्दा भने आज ख्याल गर्नुहोला,
सिंह राशी
आफन्त तथा बन्धुजनलाइ पीडा, आर्थिक हानी, स्थाइ सम्पत्ति वा कार्यक्षेत्रसँग सम्बन्धि विवाद, रोग तथा भयले सताउन सक्ने, शत्रुले रिस गर्ने, मानहानी, स्थानहानी, अनावश्यक खर्च, दाम्पत्य जीवनमा उतारचढाव, व्यर्थको श्रम अथवा कार्य असफल हुने योग भएकोले सावधानी अपनाउनु होला।
कन्या राशी
दिन शुभ रहनेछ । पारिवारिक सुख, मित्रहरुले सहयोग गर्ने छन, अडकिएका कार्यहरु बन्ने, अरुबाट आदर सत्कार पाइने, धन लाभ, उत्तम खानपानमा सरिक भइने, उपभोग्य वस्तुहरुको खरीद तथा प्राप्ति हुने । व्यर्थको भ्रमण तथा विवादहरुबाट भने आज जोगिनु होला।
तुला राशी
कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, तँपाइको रिस गर्नेहरुले ढिलो चाँडोे आफनो गल्तीलाइ महसुस गर्न सक्छन, त्यसैले आज मौन बस्नुमा नै उत्तम हुने देखिएको छ, लगानी सम्बन्धि कार्य आज थाँती राख्नु होला,
वृश्चिक राशी
समय राम्रो छ, मित्रबाट फाइदा हुने अथवा लाभ र मान सम्मान दिने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सरीक हुन पाइने, भौतिक उपहार, द्रव्य, लुगाकपडा वा कुनै जिन्सी सामान प्राप्त हुन सक्ने अथवा खरीद गरिने योग छ, आज दाम्पत्य सुखको साथै घरायसी सुखमा ध्यान जान सक्नेछ, उमेर पुगेका अविवाहित हुनु हुन्छ भने विवाह सम्बन्धि कुराहरु चल्न सक्ने सम्भावना पनि छ, व्यवसायी वर्गलाइ राम्रो समय छ, घरबाट अलि टाढा भ्रमण गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन,
धनु राशी
हानी नोक्सानी हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने समय चलेको छ, पराक्रममा कमी आउने, आलस्य बढने । खर्चमा वृद्धि । शत्रु पीडा, मानवीय क्षतिको विचार आउने, अचानक संकट आइ पर्ने, द्रव्य नाश, मmृण योग, मानसिक सन्ताप योग देखिएकोले सावधानी अपनाउनु होला, पुर्वाजित सम्पत्तिमा समस्या आउन सक्छ । कानुनी झमेला आदिबाट आज सचेत रहनु पर्नेछ,
मकर राशी
शुभ फल प्राप्त हुने खालको दिन छ । शुभ समाचार आउन सक्छ । आर्थिक लाभ वा मित्र बाट फाइदा । उत्तम भोजन, भोग विलास तथा रमाइलोमा समय बित्न सक्छ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको लागि योजना बन्ने समय आएको छ । संचित धनमा बढन सक्नेछ । आय स्रोतको नयाँ सम्भावना फेला पर्न सक्छ, निवेशको लागि समय उत्तम छ ।
कुम्भ राशी
आजको दिनले ईच्छित फल पाउने बलियो सम्भावना बोकेको छ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा प्रयास गर्दा सोचे अनूरुप हुन सक्छ । कर्म क्षेत्रमा मानसम्मान, कदर प्राप्त हुने योग छ ।। शुभ समाचारहरु आउन सक्नेछ । पिताको सहयोग अथवा सरकारी सहयोग लिँदा काम बन्ने योग छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु होला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा सफलता पाइनेछ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय चलेको छ ।
मीन राशी
समय अनूकूल छैन । प्रतिष्ठा हानी हुने सम्भावना । बिना कारण झगडा हुने, नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । आफन्तहरुसँग मनमुटाव हुने भएकोले सचेत रहनु पर्नेछ । अचल सम्पत्ति बाहन आदि लिने विचार गर्नु भएको छ भने आज नलिनु होला, विदेश यात्रा, विदेश अध्ययन सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । निरर्थक भ्रमण नहोला भन्न सकिँदैन,