ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्थानीय पाठ्यक्रम विकास गर्दै सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका

सोलुखुम्बु, पुस २२ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण सुरु गरेको छ । विद्यालय शिक्षाको अधिकार स्थानिय तहमा गएसंगै स्थानिय तहले स्थानिय आवस्यकताका आधारमा पाठ्यक्रम निर्माण गर्न पाउछन् । सोही अनुसार माप्यादुधकोशी गाँउपालिकाले स्थानिय पाठ्क्रम निर्माण सुरु गरेको हो ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण समिती नै बनाएर पाठ्यक्रम निर्माण सुरु गरेको हो । सरोकारवालासंगको छलफलबाट पाठ्यक्रम निर्माण गर्न लागेको गाउँपालिकाले तयारी स्वरप कार्यशाल गोष्ठी सञ्चालन गरेको छ ।

स्थानिय भाषा,सस्कृति, धार्मिक तथा पर्यटकिय स्थानलाई पाठ्यक्रममा समावेश गरी आफ्नो गाँउठाउँको बारेमा कक्षा कोठामानै बसेर बालबालिकाले पढ्न पाउने गरी पाठ्क्रम निर्मण गर्न लागेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *