ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यका वायु प्रदुषण बढेकाले बाहिर ननिस्कन स्वास्थ मन्त्रालयको आग्रह

सेयर गर्नुहोस
  • 26
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं, पुस २२ । काठमाडौं उपत्यका वायु प्रदुषण बढेकाले बाहिर ननिस्कन स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । साप्ताहिक प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले केही दिनदेखि मौसममा आएको परिवर्तनले काठमाडौं उपत्यका भित्र वायु प्रदुषण निकै बढेकोले यसले स्वासप्रस्वासमा कठिनाइ हुनुका साथै स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा परेको छ । मन्त्रालयले मर्निङवाक नगर्न, घर बाहिर गएर शारिरिक ब्यायाम नगर्न, कलकारखानाहरु केही समयका लागि बन्द गर्न  र अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७  सय ६ वटा नमूना परीक्षणमा काठमाडौं उपत्यकामा २ सय ३३ जनासहित ४ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै देशभर संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेको छ ।

चौबीस घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने प्रतिशत शून्य दशमलव सात दुइ रहेको छ । यसैगरी चौबीस घण्टामा ४ सय ९४ जना कोरोना मुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ रहेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव तीन रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाल देशभर क्वारेन्टिनमा ३ सय ४२ जना रहेका छन् । भने ५ हजार १ सय ३३ सक्रिय संक्रमित रहेका छन । १ सय ९७ जना आइसियू र ३० जनाको भेन्टिलेटरमा उपचार भैरहेको प्रवक्ता गौतमले जानकारी  दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *