ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साउनदेखि प्रोत्साहन भत्ता नपाएको भन्दै मन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

सेयर गर्नुहोस
  • 32
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं, पुस २२ । गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपीएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउनदेखि रोकिएको भन्दै यथाशिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताए ।

गत वर्ष नेपालमा नै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिलेसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्नका लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए ।

आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *