ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टनटलापुर घाममा लालटिन बालेर के खोज्दै थिए बानेश्वरमा पूर्वमन्त्री भट्टराई र विद्यार्थी नेताहरु?

काठमाडौं, पुस २२ । काठमाडौंको बानेश्वर धेरै परिवर्तनको साच्ची बनेको छ । कहिले राजनीतिक परिवर्तन त कहिले व्यवस्था परिवर्तन । कहिले चिल्ला गाडीमा संसद प्रवेश गर्ने नेता कहिले त्यही सडकमा नेताको पल्याटी । केही महिना गघिसम्म सरकारी नम्वर प्लेटमा झन्डा फहराउदैँ हुइकने मन्त्री योगेश भट्टराई बुधबार दिउँसै लालटिन बालेर बसेका थिए त्यो पनि सडक बिचमा ।

उनी मात्र लालटिन बालेर सडमा बसेका भने अवस्य हैन उनिसंगै विद्यार्थी संघका नेताहरु पनि थिए । विद्यार्थी नेता देखि पूर्वमन्त्री समेत सहभागी रहेको उक्त कार्यक्रम प्रधानमन्त्री केपी ओलीले संविधानमा नै नभएको धाराको हवाला दिदैं संसद विघटन गरेको भन्दै विद्यार्थी संगठनले ओलीको कदम विरुध लालटिन बालेर प्रदर्शन गरेको थियो ।

प्रधानमन्त्री ओलीका आखाँ कम्जोर भएर संविधानमा नै नलेखको धारामा टेकेर संसद विघटन गरेको भन्दै विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर सांकेतिक विरोध गरेको अनेरास्ववियु सह – संयोजक रञ्जीत तामाङले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै नेकपा भित्रको प्रचण्ड- माधव समुह सहित, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जसपा लगायतका दल सडक सङ्घर्षमा छन् । मंगलबार दोस्रो चरणको आन्दोलन तय गरेको प्रचण्ड- माधव समुहको विद्यार्थी संठघनले सडकबाटै प्रधानमन्त्रीको गैर संवैधानिक कदम सच्याउन बाध्य पार्ने अनेरास्ववियु नेता सुदेश पराजुलीको भनाई छ ।

अनेरास्ववियुले मन्त्रीलाई कालो झन्डा देखाउने, प्रधानमन्त्रीलाई ब्यङ्ग गर्दै बयलगाडा प्रदर्शन गर्ने तथा प्रधानमन्त्रीको पुत्ला दहनसम्मको कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *