ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंकाे वायुमण्डल विश्वकै सबैभन्दा बढी प्रदुषित, श्वासप्रश्वास र कोरोनाका बिरामीलाई उच्च जाेखिम

काठमाडौं, पुस २१ । सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपय मानिसहरुले बाहिर निस्कदा आँखा पिरो भएको र असजिलो महसुस गरे । विशेषरी साँझपख बाहिर निस्कनेहरुमा यस्तो समस्या भएको गुनासो गरे ।

चिकित्सकका अनुशार यस्तो हुनुको मुख्य कारण वायु प्रदुषण रहेको बताउछन् ।
मौसमविद्का अनुशार पश्चिमी वायुको प्रभावले गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र आइतवार र सोमवारको तुलनामा वायु अत्याधिक प्रदूषित भएको बताइन्छ ।

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो भने सोमबार साँझ काठमाडौंको भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ रहेको थियो । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।चौबीस घण्टामै वायुको गुणस्तरमा दुइ सय प्रतिशतभन्दा बढीले खराब भएको वातावरण विभाग जानकारी दिएको छ ।

सोमबारको काठमाडौंको वायु विश्वकै सबैभन्दा प्रदुषित वायुमा परेको विभागले वताएको छ । स्वीट्जरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार वेलुकी ७ :४५ मा काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ ।

काठमाडौं प्रदुषित शहरहरुको सुचीमा पहिलो नम्बरमा मात्रै नभएर विश्वका दोस्रो र तेस्रो स्थान रह्का शहर भन्दा दोब्बरले वायु प्रदुषण वढेको देखिन्छ । दोस्रो स्थानमा रहेको कीर्गीस्तानको भिस्केकमा २९६ र तेस्रो स्थानमा भियतनामको हनौइमा २४१ एक्युआई रहेको थियो ।

खतरा जनाउने सूचक रंग पनि काठमाडौंको खैरो छ । रातो र वैजनी भन्दा खैरो रंगले बढी जोखिम संकेत गर्ने विभाग वताउँछ ।

मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि विपद्काल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाउँदा पनि मन्त्रालयको ध्यान जान सकेको छैन ।

३०० मै संकटकाल घोषणा गर्नुपर्नेमा सरकारले ४०३ पुग्दासम्म थाहा नपाएको जस्तो गरी सरकारले एउटा सूचनासम्म जारी गरेको छैन् ।

कोरोना संक्रमितलाई बढी जोखिम

वायु प्रदूषण कोरोना संक्रमितका लागि हानीकारक रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रदूषित क्षेत्रका संक्रमितलाई तुलनात्मक रुपमा बढी हानी पुगेको जानकारहरू बताउँछन् ।
डा अनुप वाँस्तोला वायु प्रदुषण संक्रमितका लागि यो वायु प्रदुषणको स्तर झनै घातक हुने बताउछन् । “कोरोना र वायु प्रदुषण दुबैले फोक्सोमा असर पर्ने भएकोले वायु प्रदुषणले कोरोना संक्रमितका लागि थप खतरा हुन सक्ने डा बास्तोला बताउछन् ।”

‘जोखिम समूहले सावधानी अपनाउ

मन्त्रिपरिषदले स्वीकृत गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार ३०० एक्युआई पुगेपछियसले विरामीहरुलाई असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, स्वास प्रस्वास सम्वन्धि रोगीहरु , दिर्घ रोगीहरुले यस्तो समयमा विशेष सावधानी पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *