मन्त्रीलाई कालो झन्डा, प्रधानमन्त्रीको पुत्ला दहन देखि बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियु
1.1K - 1.1KShares
काठमाडौं पुस २१ । नेकपा (प्रचण्ड – माधव) समहु सम्बद्ध अनेरास्ववियुले मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रधानमन्त्रीको पुत्ला दहन देखि बयलगाडा प्रदर्शन गर्नेसम्मका कार्यक्रम सार्वजनीक गरेको छ ।
उक्त समुहको विद्यार्थी संघठन अनेरास्ववियुले दोस्रो चरणको विरोध कार्यक्रम स्वरुप पुस २१ देखि २९ गतेसम्मलाई नयाँ कार्यक्रमण घोषणा गरेको हो ।
कार्यक्रमहरु –
२१ गते – सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने – प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने
पुस २२ गते – काठमाडौं उपत्यकामा लाल्टिन जुलुस – उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने ।
पुस २३ गते – देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने –
२४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना
पुस २५ गते – संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने,
पुस २६ गते – बयलगाडा प्रदर्शन गर्ने
पुस २७ गते – प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल बाचन
पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ)
पुस २९ गते – सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन