भ्याक्सिन ल्याउने तयारी कागजमा मात्रै सिमित रहने !

काठमाडौं ,पुस २१ । नेपालका दुवै छिमेकी देशमा कोरोनाको भ्याक्सिनले स्वीकृती पाइसकेको छ। चीन र भारतले निर्माण गरेका भ्याक्सिनहरु आमनागरिकमा प्रयोग हुन थालेको छ ।
त्यसैबिच नेपालमा कोरोनाको भ्याक्सिन कहिले सम्म आउने भन्ने अन्यौलता कायमै छ । सरकारले खोप ल्याउन तयार द्रुत रहेको बताए पनि विज्ञहरुले भने निर्णयहरु कागजमै सिमित रहेको बताउदै आएका छन् ।
कोरोना महामारी चलिरहेको बेला विभिन्न देशमा भ्याक्सिनहरु निर्माण गर्नुका साथै नागरिकहरुमा कोरोना विरुद्धको भ्याक्सिन पनि लगाउन थालिएको छ ।
विभिन्न मुलुकहरुले विकास गरेका र नागरिकहरुमा प्रयोग भइरहेका भ्याक्सिनहरु ८० देखी ९६ प्रतिशतसम्म सुरक्षित रहेको अनुसन्धानहरुले देखाएको छ ।
विश्वमा नै सबैभन्दा पहिला नागरिक माथि प्रयोगगर्न स्वीकृति पाएको भ्याक्सिन फाइजर रहेको थियो र अहिले फाइजर भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले नै स्वीकृति दिइसकेको छ ।
भने मोर्डना, अक्सफोर्ड युनिभर्ससिटी र भारतीय कम्पनीको सहकार्यमा विकास गरिएको कोभीसिल्ड पनि प्रयोगमा आइसकेका छन् ।
भारत बायोनेटेक र भारतीय औषधी अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको कोभ्याक्सिनले पनि भारतमा प्रयोगको अनुमति पाएको छ ।
चीनमा पनि चिनले नै निर्माण गरेको भ्याक्सिनको प्रयोग भइरहेको छ । दुवै छिमेकी देशले खोप बनाएर प्रयोगमा लैजाने तयारी गरेपछि नेपालमा खोप कहिले आउला भन्ने जिज्ञसा आम नमगरीकमा बढ्न थालेको छ ।
नेपालले फाइजर जस्ता भन्डारण गर्न कठिन र महगो भ्याक्सिन भन्दा पनि भारत वा चीनले निर्माण गरेको भ्याक्सिन पर्खिरहेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले भ्याक्सिन ल्याउन सबै आवश्यक तयारी भैसकेको तर कहाँबाट ल्याउने भन्ने यकिन नभैसकेको बताएका छन् ।
विज्ञहरुले भने भारतमा बनेको खोप नेपालका लागि उपयुक्त हुने बताइरहेका छन् । छिमेकी मुलुक भएकोले कुटनीतिक पहल गरेर द्रुत मार्गबाट खोप ल्याउन पहल गर्नुपर्ने उनीहरुको भनाई छ ।
नेपालसँग खुल्ला सीमा भएकाले पनि भारत नेपाललाई खोप उपलब्ध गराउन बाध्य हुने समेत बताए ।