ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनावश्यक रुपमा पटकपटक पिसिआर नगर्न मन्त्रालयको आग्रह

काठमाडौं ,पुस २०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना व्यक्तिले पटकपटक पीसीआर परीक्षण गरेर स्रोतसाधनको दुरुपयोग नगर्न ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमण भएका र कुनै लक्षण चिन्ह नदेखिएका व्यक्ति १० दिनको आइसोलेसन बसेपछि दैनिकि जीवनमा फर्किन सक्ने भन्दै त्यसका लागि नेगेटिभ रिपोर्ट नकुर्न र पीसीआर परीक्षण गरिरहन नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।ञकतिपय मानिसहरु संक्रमण पुष्टि भएपछि नेगेटिभ रिपोर्ट नआउन्जेल परीक्षण गरिरहने र नेगेटिभ नआउन्जेल डिस्चार्ज समेत हुन नमान्ने गरेको गुनासो आउने गरेको छ ।


कतिपय व्यक्ति भने संक्रमण भएर स्वास्थ्य अवस्था बिग्रदै गइसक्दा पनि स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने गरेको पाइएकोले सबैले यस्तो नगर्न आग्रह गरेको छ ।

डा गौतमले सबै अस्पताल तथा प्रयोगशालालाई कोभिड परीक्षण निर्देशिका बमोजिम मात्र गर्न र गराउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *