देशभर ३ सय ४ जनामा संक्रमण पुष्टि ,७ जनाको मृत्यु

काठमाडौं ,पुस २०। देशभरका ८१ वटा प्रयोगशालामा गरीएको ४ हजार ४ सय १ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ सय ८५ जना सहित देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोना संक्रमण पुष्टि २ लाख ६२ हजार २ सय ६२ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संख्यख १ हजार ८ सय ८५ रहेका छन् ।
गत चौबीस घण्टामा ५ सय ९४जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ५५ हजार ८८ रहेको छ । हालसम्म संक्रमित मध्येको निको हुने प्रतिशत ९७ दशमलव ३ रहेको छ ।
देशभर क्वारेन्टिनमा ३ सय ४२ जना र संक्रिय संक्रमित संख्या ५ हजार २ सय ८९ जना रहेका छन् । देशभर आसियुमा २ सय ९ जना र भेन्टिलेटरमा ३४ जना रहेका छन् ।