स्वास्थ्य मन्त्रालयले सबै स्थानिय तह सँग माग्यो फ्रन्टलाइनरको सूची

काठमाडाैं, पुस २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोरोना विरुद्धको भ्याक्सिन लगाउनलाइ फ्रन्टलाइनरको सूची सम्पुर्ण स्थानीय तहबाट माग गरेको छ।
बुधबारसम्म मन्त्रालयमा पठाइसक्नुपर्ने गरी सबै स्थानीय तहका स्वास्थ्य संस्था अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सूची माग गरेको हाे । स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार गरिदिन समेत अनुरोध गरेको छ।
विश्व स्वास्थ्य संगठनले विश्वभर नै उपलब्ध गराउने कोभ्याक्स अन्तरगतको २० प्रतिशत भ्याक्सिनमा ३ प्रतिशत पहिलो चरणमा आउने भएकोले ल्याएको एक हप्ता भित्र पहिलो चरणको भ्याक्सिन लगाइसक्नुपर्ने भएकोले अग्रमोर्चामा कती सुरक्षाकर्मि,स्वास्थ्यकर्मी र कति फ्रन्टलाइनर छन् भनेर निर्क्योल गरी त्यही अनुशार स्थानिय तहमा भ्याक्सिन पठाउनु पर्ने भएकोले मन्त्रालयले सुची मागेको हो ।
अन्य मुलुकले निर्माण गरेका भ्याक्सिन भन्दा भारतले निर्माण गरेको भ्याक्सिन सस्तो र भण्डारणका लागी पनि सहज भएकोले नेपाल सरकारले भारतबाट कोरोना भ्याक्सिन ल्याउने सम्भावना बढी रहेको छ । सिरम इन्स्टिच्युट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो। भारतले अक्सफोर्ड र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन उत्पादन गर्ने अनुमति सिरम इन्स्टिच्युट अफ इन्डियालाई दिइसकेको छ।
सरकारले भारतीय सरकारसँग नेपाललाई भ्याक्सिन उपलब्ध गराउन कुटनीतिक पहल समेत गरिरहेको छ। साथै, सरकारले भ्याक्सिन उत्पादक कम्पनी सिरमलाई समेत पत्रचार गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सिरमले जवाफ दिएको छैन ।
नेपालले कोभ्याक्स अन्तरगत ल्याउने भनेको २० प्रतिशत भ्याक्सिन आउन ढिलाइ हुने भएमा तत्काललका लागी ३ प्रतिशत भ्याक्सिन खरिद गरी फ्रन्टलाइनरलाई लगाउने रणनीति बनाएको मन्त्रालयले जनाएको छ।