पेस्तोलका ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
काठमाडौं, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् ।
एसएसपी राजेशनाथ बास्तोलाका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् ।
राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लाग्दा पक्राउ परेको प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको प्रहरीको भनाई छ ।