ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सीता दाहालकाे उपचारकालागि प्रचण्ड मुम्बइ जाँदै

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालकाे थप उपचारका लागि मुम्बई जान लागेका छन् ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।

सोमबार बिहान ११ बजेको फ्लाइटमार्फत प्रचण्ड श्रीमती सितालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आज पनि जारी नेकपा स्थायी समितिको बैठक भने अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *