प्रचण्ड-माधव समूहको काम घाँसभित्र लुकेको सर्पको जस्तै: प्रधानमन्त्री ओली
काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा नेकपा(ओली) समुहका अध्यक्ष केपी ओलीले( प्रचण्ड- माधव) समुहलाई सेकेको पातको उपमा दिएका छन् ।
आइतबार आफु निकट अनेरास्ववियुकव भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो सज्ञा दिएका हुने । उनको भनाई छ – “हेर्दै जानुहोला, अलिक समयमा तपाईँहरू पछि-पछि कुद्नुहुनेछ। हाइवेमा गाडी गुड्दा सुकेको पातहरू झर्छन्, बस अगाडि जान्छ र पात जति त्यहीँ बाटैमा रहन्छ।”
प्रधानमन्त्री ओलीले संसद विघटन पश्चात समानान्तर समुह निर्माण गरेका प्रचण्ड- माधव पक्षसंग ओली आक्रमक रुपमा प्रस्तुत हुदैँ आएका छन् । उनले उक्त समुहको कृयाकलाप घासभित्र लुकेको सर्पको जस्तै भएको टिप्पणी समेत गरे ।
आफुलाई सधै घेरामा राखेको काम गर्न नदिएको आरोप लगाउदैं आएका ओलीको ओलीले अबको संसद् आफू, आफ्ना सन्तान र नातागोता नहेर्नेहरूको नयाँ संसद् बन्ने समेत जनाएकान छन् ।
प्रधानमन्त्रीले आगामी बैशाख १७ र २७ गते घोषित प्रतिनिधिसभाको मध्यावधी निर्वाचनमा पार्टीले अध्याधिक बहुमत हाहिस गर्ने समेत ठोकुवा गरेका छन् । उनको भनाई छ -“सबैको सातो जाने गरि मैले धेरै केही नबोलौं। परिमामले देखाउने हो,”