ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लाईसेन्सको ट्रायलमा अनलाईन फर्ममै समस्या : प्रणालि सुधार्न विज्ञको सुझाव

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडाैं, पुस १९ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको नयाँ दर्ता फारम पुष १४ गते खुलेसंगै पहिलो ट्रायल परीक्षा पुष १९ गतेदेखी केही यातायात कार्यलयले सुरु गरेका छन् ।

स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरी साना तथा ठूला सबै प्रकारका सवारीको अनुमतिपत्रका लागि आवेदन खुला गरि ट्रायल परीक्षा सुरु गरिएको यातयात कार्यलय ठूलो भर्याङका कार्यलय प्रमुख सन्जय थापाले बताए ।

महिनौ सम्म लाईसेन्स लिन नपाएका लाखौ सेवाग्राही भने अझै पनि सहज रुपमा अनलाइन फारम भर्न नपाउनु, ट्रायल सेन्टरको क्षमता अनुरुप जम्मा ३० प्रतिशत मात्रै खुला गरिनुले सेवा भने खुलेपछि पनि सहज भने हुन सकेको छैन् ।

यातायात कार्यलयहरुले भने सबै सिस्टम विभागमा अड्किएको र कार्यलयहरु प्रदेश अन्तर्गत भएकोले परीक्षा सुरु हुनु अघि कुनै समन्वय नभै खुला भएको बताउँछन् । अब लिखित र ट्रायल परीक्षा  नियमित रुपमा पुरानै अवस्था जस्तै सन्चालन हुने विभागले बताउँदै आएको छ ।

लकडाउन अगाडिका ट्रायल दिन नपाएका परीक्षार्थीका लागि र नयाँका  लागि क्षमता अनुरुपनै फर्मको समस्या र कोटाको समस्यामा यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश मातहतका यातायात व्यवस्था कार्यलय र विज्ञहरुसंगको सहकार्यमा समस्या छिट्टै समाधान हुने यातायात कार्यलयको भनाई छ ।

विभागले  कार्यविधि संशोधन गर्ने र पुराना रोकिएका देशभरिका धेरै सेवाग्राहीलाई प्राथमिकतामा राखि काम अगाडी बढाउने  बताएपनि लाईसेन्स परीक्षामा देखिएको प्राविधिक समस्याले भने सेवाग्राहीले समस्या खेप्न बाध्य छन् ।

प्रदेश मन्त्रालयले पनि विभागले आफूहरुसंग कुनै समन्वय नगरी आफू खुसी तयारी बिना खुलाउँदा लाखौ सेवाग्राही मर्कामा परेको बताएका छन् । प्रदेश मन्त्रालयका अनुसार विभागले प्रदेश अन्तर्गत सफ्टवेयर उपलब्ध गराएर जिम्मा दिनुपर्ने, अनलाईन फारममा कोटा नतोकी रोटेसनको आधारमा खुलाईदिनुपर्ने यसो गरेमा ३ महिनामै सबै समस्या सुल्झाउन आफूहरु सक्षम रहेको प्रदेश निकाय मन्त्रालयले बताएका छन् ।

सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरि मोटरसाइकल, स्कुटर र चारपाङग्रे सवारीमा सीमित कोटा छुट्टाउँदा क्षमताको ३० प्रतिशत मात्रैले परीक्षा दिनपाएका छन् । सेवाग्राहीलाई अल्झाउने काम भएको धेरैको गुनासो छ ।

कार्यलयको  क्षमता अनुरुप कोटा बढाउनु पर्ने, फर्ममा देखिएको समस्यामा अनलाइन फर्ममा रोटेसन छुट्टाएर हरेक समय आवेदन भर्न पाउने व्यवस्था हुनुपर्ने यातायात विज्ञको सुझाव छ ।

यातायात विज्ञ देवेन्द्र प्रधानले द प्रेस नेपाल डट कम संग भने  ट्रायल समय बढाउनु पर्ने र सरोकारवाला निकायको सहि समन्वय भएमा समस्या समाधान हुन्छ ।

खाली निकायहरु सेवाग्राहीलाई दुख दिने काम गरेका छन्, नत सेवानै प्रभावकारी छ उनले भने आशा छ निकायहरुको यो समस्यामा छिट्टै सुधार आउनेछ ।ट्रायल परीक्षाको कोटा छुट्टाउने, फारम खुला लगायतका सबै सिस्टम  यातयात व्यवस्था विभागबाट खुला गरिन्छ ।

तर सबै काम प्रदेश कार्यलय अन्तर्गत हुने गर्दछ । विहान ६ बजे खुल्ने फारमनै केही समय मात्रै खुल्ने हुदा भर्न समस्या भएको धेरै सेवाग्राहीको गुनासो छ । प्रदेश कार्यलय र विभागको सहि समन्वय भएमा यो समस्या हल हुने जानकारहरुको सुझाव छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *