कांग्रेसले गर्यो चरणवद्ध आन्दोलनको घोषणा- सवै वडामा पुग्दै प्रतिपक्षी
सेयर गर्नुहोस
49 - 49Shares

काठमाडौं पुस १९ । नेपाली कांग्रेसले प्रदेश निर्वाचन क्षेत्रदेखि वडा सम्म प्रदर्शन गर्ने निर्णय गरेको छ । सानेपामा जारी केन्द्रिय समितीको वैठकले पुस २५ गते सवै ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए।
प्रवक्ता शर्माका अनुसार माघ ३ गते ७ सय ५३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने तथा माघ ८ गते सवै स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
ओलीको संसद विघटन असंवैधानिक भएको निष्कर्स निकालेको कांग्रेस एक ढिक्का रहेको समेत प्रवक्ताले दावी गरेका छन ।