ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेयर वजार परिसुचक नेप्से ८८ अंकले बढ्यो

काठमाडौं, पुस १९।

२ सय १२ कम्पनीको शेयर कारोवार भएको नेप्से ४ दशमलव २२ प्रतिशतले वढ्दै २१ सय ७५ दशमलव ३ नौ अंकको विन्दुमा पुगेको छ । १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर किनवेचवाट ६ अर्व ३४ करोड रुपैयाँ वरावरको शेयर कारोवार भएको छ ।

क  वर्गक कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत १७ अंकले वढ्दै ४ सय ४५ अंकको विन्दुमा पुगेको छ । समुहगत परिसुचक तर्फ आज सबै समुहको कारोवार सकारात्मक देखिएको छ ।

सबैभन्दा धेरै जिवनविमा समुहको कारोवार ५ सय ५१ अंकले वढ्दा नीर्जीवन विमा समूहको २ सय ६८ , उत्पादनमुलुक समूहको २ सय ६४ र ब्यपार समुहको २ सय २१ अंकले वढेको छ ।

आइतवार उच्च मुल्य भएका हिमालय डिस्टेलेरी , साल्ट ट्रेडिङ कम्पनी , पुर्नविमा कम्पनी , प्राइम बैंक , नेपाल दुर सञ्चार प्राधिकरण लगायतका कम्पनीको मुल्य वढ्दा नेप्से उच्च अंकले वढेको हो ।

२४ सय १६ रुपैयाँ प्रति कित्ताका दरले ५० करोड ९५ लाख रुपैयाँ वरावरको कारोवार गरेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी कारोवार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *