ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एन्टिजेन पोजेटिभ आएका ब्यक्तिहरुलाइ खोजेर उपचार गर्न सम्बन्धित निकायहरुलाइ स्वास्थ मन्त्रालयको आग्रह ,

काठमाडौं, पुस १९।

एन्टिजेनको परिक्षणको निर्देशिका अनुशार  परिक्षण गर्दा  पुष्टि भएका मानिसहरुलाई संक्रमित मानि खोज अनुसन्धान गरि उपचार गर्नु गराउनु हुन कोभिड १९ संकट ब्यवस्थापन केन्द्र, सबै प्रदेशका सामाजिक विकास मन्त्रालयहरु र सबै अस्पतालहरुलाइ स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

पछील्लो चौबीस घण्टामा देशभर कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने  संख्या १ हजार ८ सय ७८ पुगेको छ । भने अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात दुइ रहेको छ ।

गत चौबीस घण्टामा देशभर ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ६१ हजार ८ सय ५९ जना रहेका छन् । गत चौबीस घण्टामा ६ सय ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ५४ हजमर ४ सय ९४ जना पुगेका छन् । हालसम्म संक्रमित मध्ये ९७ दशमलव २ प्रतिशत कोरोनामुक्त भएको प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो।

देशभर क्वारेन्टिनमा ३ सय ६७ जना क्वारेन्टिनमा र संक्रिय संक्रमित संख्या ५ हजार ४ सय ८७ जना रहेका छन् ।देशभर आसियुमा उपचारत १ सय ९९ जना र भेन्टिलेटरमा ३५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *