भारतले आपतकालीन प्रयोगका लागि दियो दुई वटा भ्याक्सिनलाइ अनुमति
सेयर गर्नुहोस
8 - 8Shares
काठमाडौं, पुस १९।

भारतमा कोरोना भाइरस विरुद्धका दुई भ्याक्सिनहरु आपतकालीन प्रयोगको अनुमति पाएका छ । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले शनिबार अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भ्याक्सिन र भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिन कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको हो ।
डीसीजीआईका अनुसार भारत बायोटेकले विकास गरेको कोरोना खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगमा विकास गरेको हो ।
भारतले यसै वर्षको जुन महिनासम्म ३० करोड भ्याक्सिन आफ्ना नागरिकलाइ लगाउने तयारी गरेको छ । शनिबार खोपको रिहर्सल गरिएको थियो, जसमा दसौं हजार स्वास्थ्यकर्मी सहभागी भएका थिए।