प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै
सेयर गर्नुहोस
27 - 27Shares
काठमाडौं, पुस १९ । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता फाइनल खेल आज हुँदैछ ।
दाङको लमहीमा हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दैछन् ।
एपिएफ र प्रदेश एक अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रदेश एकले सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख पुरस्कार जित्नेछन् ।