ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिसो र ज्वरोबाट बच्ने घरेलु विधि: प्याज सेवन

काठमाडौं, पुस १९ । एकातिर कोरोना महामारीको डर अर्को तर्फ चिसोका कारण अस्पतालनै पुग्नु पर्ने बाध्यता जो कोहीको पिडाको विषय हो । तर सामान्य रुघा खोकी लागेमा हाम्रो भान्सामा नै प्रयोग गरिने मसलबाट चिसो तथा रुघाखोकीबाट बच्न सकिन्छ । तर विज्ञानको विकाससंगै हामीले आफ्नो उपचार कक्ष अर्थात भान्सालाई भूल्दै आएका छौं ।

हो त्यही भान्सामा मसलाको रुपमा प्रयोग गरिने प्याजको सेवनले हामी ज्वरो तथा रुघाखोकी निको पार्न सक्छौं । सामान्य लक्षण देखिना साथ दिनको दुई – तीन पटक काचो व्याज सेवन गरे

रुघाखोकी र ज्वर निको हुन्छ ।

रुघाखोकी संगै ज्वरो आएमा प्याजलाई २०-३० मिनेटका दरले  दिनमा दुईतीन पटकसम्म सुँघ्ने गरेमा ज्वरो पूर्णतया निको हुन्छ। यो अलावा  प्याजका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने, ज्वरो घटाउने, तथा भाइरस विरोधी औषधीय गुणहरु पाइन्छ ।

रुघाखोकी तथा ज्वरो आएमा प्याजसंगै बेसार तथा टिमुरको प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सककहरु बताउछन् । तर खाली पेटमा प्याज खादाँ पेट पोल्न सक्ने हुनाले खानापछि प्याज खानु उपयुक्त मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *