ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस केन्द्रिय समितिको बैठक भोली बस्दै

काठमाडौं, पुस १८। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक भोली अर्थात पुस १९ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर गैरसंवैधानिक कदम चालेको निस्कर्ष निकालेको काँग्रेसले यस अघि केन्द्रिय समितिको निर्णय अनुसरा नै पुस १३ गते १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदशर्न गरेको थियो भने पुस १६ अर्थात राष्ट्रिय मेलमिलापको अवसरमा कार्यक्रम गरेको थियो ।

नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फेसला कुर्ने वा सडकमा गएर असंवैधानिक कदमको पर्दाफास गर्ने भन्ने सहमति जुट्न सकेको छैन् ।

कांग्रेसको नेतृत्वमा बसेको सर्वदलिय बैठकले केन्द्रिय स्तरबाटै आगामी योजना बनाउने भने पनि काँग्रेसले ठोस योजना बनाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *