नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङख्या १ हजार ८ सय ७० पुग्यो
काठमाडौं, पुस १८ ।
पछील्लो चौबीस घण्टामा देशभर कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ८ सय ७० पुगेको छ । भने अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात एक हो ।
गत चौबीस घण्टामा देशभर ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ६१ हजार ४ सय ३८ जना रहेका छन् । गत चौबीस घण्टामा ७ सय ५० जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ५३ हजमर ८ सय ५७ जना पुगेका छन् ।
हालसम्म संक्रमित मध्ये ९६ प्रतिशत भन्दा बढी कोरोना मुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। देशभर क्वारेन्टिनमा ३ सय ६७ जना क्वारेन्टिनमा र संक्रिय संक्रमित संख्या ५ हजार ७ सय ११ जना रहेका छन् ।