ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुनावमा दोहोरो अंकको सिट ल्याएर देखाउन प्रधानमन्त्री ओलीको प्रचण्ड- माधवलाई चुनौती

द प्रेसनेपाल संवाददाता

काठमाडौं, पुस १८ । नेकपा(ओली पक्ष)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्ड- माधव समुहलाई निर्वाचनमा दुई अंकको सिट जितेर देखाउन चुनौति दिएका छन् । संघिय राजधानि काठमाडौंमा आयोजना भएको कार्यकर्ता भेलालाई संवोधन गर्दै ओलीले प्रचण्ड- माधव समुहलाई दोहोरो अंक भएको सिट जितेर देखाउन चुनौती दिएका हुन् ।

प्रचण्ड- माधव समुहले आफूसंग बहुमत भएको र निर्वाचनमा ठूलो पार्टी बन्ने दावी गरीरहदाँ अध्यक्ष ओलीले यस प्रकारको चुनौति दिएका हुन् । उनले उक्त समहु निर्वाचनमा जान नसक्ने र आफुहरुसंगै फर्कने समेत दावी गरेका छन् । ओलीले आफुबाट टुट्टिएर जानेहरुलाई केन्द्रिय समितिमाठाउँ सुरक्षीत राखिदिएको समेत प्रस्ट पारेका छन् ।

तर प्रधानमन्त्री ओलीले व्यक्ति फर्कीपनि प्रविर्ति फर्कन नदिने प्रस्ट पारेका छन् । उनको भनाई छ –‘ छुट्र्रटिएर जाने साथीहरु छिटै फर्केर आउनु हुनेछ । उहाँहरुलाई हामीले केन्द्रिय समितिमा ठाँउ राखिदिएका छौं । उहाँहरु फर्कर आउन सक्नुहुन्छ तर आएपनि उपद्रो गर्नर् पाइदैन । व्यक्ति फर्उन सकिन्छ तर प्रविर्ति हैन । ‘

ओलीले प्रचण्ड माधव समुहले आफुसंग बहुमत भएको दावी गरिरहदाँ बहुमत हेर्न बैशाख १७ र २७ पर्खिरहेको समेत प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *