ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा(प्रचण्ड- माधव) समुहले दोस्रो चरणको आन्दोलन-प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिने देखि सवै स्थानिय तहमा प्रदर्शन

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

द प्रेस नेपाल संवाददाता

काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको विरोधमा आक्रामक बनेको नेकपा(प्रचण्ड-  माधव) समुहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

उक्त समहुले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिगमन विरोधी केन्द्रीय संघर्ष  बनाएको थियो । सोही समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो  ।

प्रधानमन्त्रीको कदम गैर संवैधानिक भएको निसर्कष निकालेको उक्त समुहले प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेको कार्यतालिका सार्वजनीक गरेको छ ।

यस अघि कांग्रेस, जसपासंग छलफल गरेको  प्रचण्ड माधव समूहले सवैलाई संघै लिएर जान चाहेको थियो । तर प्रखुख प्रतिपक्षी नेपाली कांग्रेस एक्लै जाने भनेसंगै सवै वेग्ला- वेग्लैरुपमा सडमा उत्रिएका छन् । यस विषयमा जानकारी दिदैं  संयोजक श्रेष्ठले भने, ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर कांग्रेसले केन्द्रीय कमिटी बैठकले निर्णय नगरेका कारण संयुक्त संघर्षको स्थिति रहेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *