ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अध्यक्ष ओलीविरुद्ध कुण्ठैकुण्ठा बोकेर हिँड्ने प्रवृत्तिले पार्टीलाई संकटमा पुर्‍यायो: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं,पुस १८ ।

उपप्रधानमन्त्री तथा नेकपा(ओली) समुहका नेता ईस्वर पोखरेल अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध कुण्ठैकुण्ठा बोकेर हिँड्ने प्रवृर्त्तिले पार्टीलाई संकटमा पुर्याएको आरोप लगाएका छन् ।

नेपाल मजदुर विशेष जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डको छिटोछिटो तरङ्गित हुँदै पार्टी कब्जा गरेर नेतृत्वमा पुग्ने तीब्र आकांक्षा र पूर्व एमालेको नवौं महाधिवेशनमा पराजित भएका नेपालको हार नस्विकारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध कुण्ठैकुण्ठा बोकेर हिँड्ने प्रवृत्तिले पार्टीलाई संकटमा पुर्‍याएको आरोप लगाएका हुन् ।

पार्टीमा गम्भीर संकट आए पनि अध्यक्ष ओली नेतृत्वको नेकपा एकताको पक्षमा उभिएको र एकता जोगाउन अन्तिम समयसम्म प्रयास गर्ने मन्त्री पोखरेलको भनाई छ । प्रचण्ड र नेपाल समूहले घेराबन्दी गरेरका कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेको उल्लेख गरे। “जनतामा जनादेशका लागि जाने कदम असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ,” उनले प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *