ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वले परमाणु बमको सङ्ख्या घटाउदाँ भारत र पाकिस्तान भने वृद्धि गर्ने होडबाजीमा

एजेन्सी, पुस १८ ।

पछिल्लो एक दशकमा भारत र पाकिस्तानले परमाणु बमको अनुपात दुई गुनाले वृद्धि गरेका छन् । जसमा पनि भारतको तुलनामा पाकिस्तानले परमाणु बमको वृदी गरेको छ ।

विश्वमा हातहतियारको अवस्था तथा शान्ति सुरक्षाको विश्लेषण गर्दै आएको इंटरनेशनल पीस रिसर्च इंस्टिट्यूट’ले जारी गरेको नयाँ प्रतिवेदनमा पछिल्लो एक दशकमा दुई देशले दुई गूणा आणविक हतियार तयार पारेको जनाएको छ ।

उत्क इंस्टिट्यूटले परमाणु निसस्त्रिकरण, हतियार नियन्त्रण जस्ता कृयाकलाप विश्वमा कम हुदैंगएपनि दक्षिण एशियामा वृद्धी भएको जनाएको छ ।  उसको तथ्याङ्क अनुसरार सन २००९मा भारतसंग ७० देखि ८० वटा परमाणु बम रहेको तेस्तै पाकिस्तानसंग उक्त समयमा ६० बटा परमाणु बम रहेकोमा हाल दुवै देशले बरमाणु बमको सङ्ख्या दुई गुनाले वृद्धी गरेका छन् ।

त्यसमाथी अहिलेको समयमा भारतको तुलनमा पाकिस्तानसंग परमाणु बमको सङख्या धेरै रहेको जनाइएको छ । भारतसंग १ सय ३० देखि १ सय ४० वटा परमाणु बम रहेको अनुमान गर्दा पाकिस्तानसंग १ सय ५० देखि १ सय ६० वटा सम्म परमाणु बम रहेको अनुमान गरिएको छ  ।

दुवै देशले परमाणु हतियारको सङ्ख्यामा वृद्धि गर्ने संकेत समेत गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *