नेपका ओली पक्षले कार्यकर्ता भेला गर्दां प्रचण्ड- माधव पक्ष थप आन्दोलन घोषणा गर्दैँ
काठमाण्डौं, पुस १८ ।
संसद विघटन पछिको गतिरोधको सामना गर्न नेकपा(ओली) समहुले आज कार्यकर्ता भेला गर्दै छ । भने उता नेकपा( प्रचण्ड- माधव) समहुले ओलीको कदम विरुधमा थप आन्दोलनको आजनै घोषणा गर्दैं छ ।
एक बजे कमलादिमा हुने ओली पक्षीय भेलामा भेलालाई प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्नेछन्। भने अहिले प्रचण्ड-माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बबसिरहेको संघर्ष समितिको बैठकले आगामी कदमकव तय गर्ने जनाइएको छ ।
गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल ‘प्रचण्ड-नेपाल’ समूह असन्तुष्ट बनेको छ।