ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अफगानिसतानमा दुई महिनामा ५ पत्रकारको हत्या, शुक्रबार रेडियोका प्रधान सम्पादक मारिए

एजेन्सी, पुस १८ ।

अफगानिस्तानको घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको शुक्रबार मृत्यु भएको छ ।

अफगानिस्तानमा पछिल्लो समय पत्रकारमाथी पटक पटक आक्रमण हुदैँ आएको छ । केही महिना दिनअघि पनि अइमकको हत्या प्रयास भएको थियो ।

यस प्रकारको हत्यामा कुनै विद्रोही समुहले जिम्मा नलिएपनि सरकारी अधिकारीले त्यस्ता अधिकांश घटनामा तालिबानको संलग्नता हुने गरेको बताउदैँ आएका छन् ।

पछिल्लो दुई महिनामा कम्तिमा पाँच पत्रकारको अफगानिस्तानमा हत्या भएको छ। पत्रकार तथा अरु अधिकारकर्मीमाथि भएका आक्रमणको संयुक्त राष्ट्रसंघ, नेटो तथा युरोपियन युनियनले निन्दा गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *