ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकी संसदले उल्टयायो रक्षा खर्चसम्बन्धी राष्ट्रपतिको भिटो पावर

एजेन्सी, पुस १८ ।

अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ।

सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन्। जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ।

अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ। नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको आर्थिक नीतिका लागि खर्च जुटाउनेछ।अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए।

अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो।

सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। उनले भनेका थिए: “हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ। आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ।”

उनले उक्त विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे। मतदानपछि ट्रम्पले ट्वीटमार्फत् प्रतिक्रिया जनाएका छन्, “हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ। जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ। दयनीय!”

संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ।तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन्।

त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन्।राष्ट्रपति ट्रम्पले यसअघि आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए। र ती सबैलाई त्यहाँ उनका रिपब्लिकन सांसद्हरूले साथ दिएका थिए।

झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४,५०० पृष्ठको उक्त विधेयकलाई ट्रम्पले ‘चीन र रुसबाट आएको उपहार’ बताएका छन्।(साभार बिबिसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *