ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वस्वास्थ संगठनले आपत्कालिन प्रयोगका लागि फाइजर खोपलाइ दियो अनुमति

काठमाडौं ,पुस १७

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले आपत्कालीन प्रयोगका लागि कोरोना खोपको सूची तयार गरेको छ ।

फाइजर र बायोएनटेकले विकास गरेको खोप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ।

डब्ल्यूएचओले मान्यता दिएको खोप आयात गर्न र प्रयोग गर्न अब अन्य मुलुकका लागि पनि ढोका खुलेको छ ।

डब्लूएचओले खोप आवश्यक भएका मुलुकमा खोप वितरणका लागि खरिद गर्न युनिसेफ, पान अमेरिकी स्वास्थ्य संगठनलाई पनि अनुमति दिएको छ । विश्वभर कोरोनाविरुद्धको खोपको पहुँचमा सुनिश्चिता गर्न सकरात्मक कदम चालिएको डब्लूएचओले जनाएको छ ।

प्रर्याप्तमात्रामा खोपको आपुर्ती र जनसंख्याको आधारमा सवै क्षेत्रमा खोपको पहुँच पु¥याउन विश्वव्यापी प्रयास आवश्यक रहेको डब्लूएचओको भनाई छ । डब्लूएचओले फाइजर बायोएनटेकको खोप सुरक्षित र संभावित जोखिम समूहलाई जोगाउन प्रभावकारी भएको बताएको छ ।

फाइजरको खोप अति न्यून तापक्रममा स्टोर गर्नुपर्ने हुने भएकोले भण्डार र ढुवानीमा समस्या देखिएको छ । तर फाइजरको खोपलाई युएई,कतार,बहराइन,अमेरिका,क्यानडा लगायत मुलुकले आम प्रयोगमा ल्याइसकेका छन् ।

एम्नेष्टि इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा क्यानडा, बेलायत र अमेरिकासहित धनी मुलुकले मोडर्ना र फाइजरका ९६ प्रतिशत बढी खोप सुरक्षित गरेको उल्लेख छ ।

यसैबीच डब्लूएचओको समर्थन रहेको कोभाक्सले केहि महिना भित्र विपन्न मुलुकमा खोप वितरण गर्न झण्डै २ अर्ब डोज खरिदका लागि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । कोभाक्सले खोप खरिदका लागि फाइजर र बायोएनटेकसँग पनि छलफल अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *