ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको बिरामी कम भएसँगै अन्य रोगका बिरामीले सहज रुपमा पाउन थाले स्वास्थ सेवा

काठमाडौं ,पुस १७।

Bir Hospital

कोरोना महामारी सुरु भएदेखि प्रभावित बनेको अन्य विरामीको उपचार सेवा सुरु भएको छ । कोभिडका विरामीको चाप घटन थालेपछि सरकारी अस्पतालहरुमा अन्य विरामीको उपचार सहज हुन थालेको हो ।

कोरोना महामारी सुरु भएसँगै कोभीडका बिरामीहरु विशेष प्राथामिकतामा परेकोले अन्य रोगका विरामी सहजै अस्पताल पुग्न सकेका थिएनन ।

जटिल अवस्थामा बाहेक अस्पताल नआउन सरकारले सुचना नै जारी गरेपछि दिर्घरोगी तथा वृद्धवृद्धाहरुलाइ समस्या भएपनि अस्पताल गई उपचार गराउन सक्दैनथ्ये ।

तर पछिल्लो समय कोभिडका विरामी कम हुदै गएपछि सरकारी अस्पतालहरुमा विभिन्न किसिमका रोग भएका विरामिको संख्या बढ्न थालेको छ । बिरामीहरुको संख्या बढ्दै जादा अस्पतालहरुले पनि सहजै स्वास्थ सेवा प्रवाह गरीरहेको बिरामीहरुले बताएका छन्।

सबैभन्दा ठुलो र पुरानो र सबैको विश्वासिलो सरकारी अस्पताल वीर अस्पताललाइ पनि कोरोना महामारी बढ्दै गएपछि सरकारले कोरोना विशेष अस्पतालको रुपमा रुपान्तरण गर्दा विभिन्न रोगका हजारौ विरामी प्रभावित बनेका थिए ।

तर पछिल्लो समय अन्य विरामीको उपचार पनि शुरु गरिएकोको र उनिहरुलाइ मर्का नपरेको अस्पताल प्रमुख डा केदार प्रसाद सेन्चुरीको बताए ।

अहिले कोरोना संक्रमितको संख्यामा कमि आएपछि सबै अस्पतालहरुले नियमित उपचार सेवा सन्चालन गरेका छन् । त्यसैले गर्दा बिरामीहरुले सहज रुपमा स्वास्थ सेवा प्राप्त गरेका छन् । कोभिड विशेष अस्पताल बनाइएका अन्य सरकारी अस्पतालमा पनि नियमित उपचार सेवा शुरु भएपछि हजारौ विरामी लाभान्वित भएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *