ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण देशभर ७ जनाको मृत्यु ,४ सय २६ संक्रमित

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं,पुस १७ ।

कोरोनाका कारण थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ८ सय ६४ पुगेको छ । हालसम्म कोरोनाका कारण कूल संक्रमितमध्ये शुन्य दशमलव सात एक प्रतिशतले ज्यान गुमाएका छन् ।

देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ५ हजार २ सय २५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकाका १ सय ६७ जना सहित देशभर ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६१ हजार १९ जना रहेका छन् ।

गत चौबीस घण्टामा देशभर ७ सय ४८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्तहुने संख्या २ लाख ५३ हजार १ सय ७ जना पुगेको छ । हालसम्म संक्रमितमध्ये ९७ प्रतिशत कोरोनामुक्त भएका छन् ।

देशभर क्वारेन्टिनमा ३ सय ६७ जना र संक्रिय संक्रमित ६ हजार ४८ जना रहेका छन् । हाल आसयियुमा २ सय ३४ जना र भेन्टिलेटरमा ३५ जना उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *