निर्वाचन आयोग समक्ष प्रधानमन्त्रीलाई कारवाहीको प्रचण्ड-माधव समुहको औपचारीक जानकारी
काठमाडौं,पुस १७ । नेकमा(प्रचण्ड- माधव) समहुले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको पार्टी अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । पुस ५ गते संसद विघटन पश्चात उक्त समहुको केन्द्रिय समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो भने वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्षको जिम्मा लगाएको थियो ।
प्रधानमन्त्री केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई पार्टी अध्यक्ष बनाएको ओपचारीक जानकारी निर्वाचन आयोगलाई गराएको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जनाकारी दिए । उनले भने – ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारवाही गर्न सकिने प्रावधान छ, त्यसैअनुसार ओलीजीलाई कारवाही गरिएको जानकारी आयोगलाई दिएका हौं ।’
फुटको औपचारीक घोषणा नभएपनि पार्टिको नाम र चुनाव चिन्हका बारेमा दुवै पक्षको दावी कायम छ । प्रचण्ड- माधव पक्षकले साविकका बहुमत केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेकाले आफुहर आधिकारीक नेकपा भएको तर्क गर्दै आएको छ भने ओली पक्षले प्रचण्ड- माधव समुह चौटिएर गएका कारण आफूहरुनै आधिकारीक रहेको दावी गर्दै आएको छ ।