ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेकपाले आन्तरिक झगडा मिलाउन नसक्दा देश, जनता र संविधानलाई धरापमा पारेको राप्रपाको निस्कर्ष

सेयर गर्नुहोस
  • 316
  •  
  •  
  •  
    316
    Shares

‘द प्रेस नेपाल संवाददाता’

काठमाडौं,पुस १७ । पुस ५ गते प्रधानमन्त्री कपी ओलीले संसद विघटन गरेसंगै एकाएक नेपाली राजनीति तरङ्गित बनेको छ । सत्तारुढ नेकपा विभाजनको औपचारीक घोषणामात्र हुन बाँकी छ भने प्रतिपक्षी दलहरु सडकमा उत्रिएका छन् ।

नेपालमा बैदेशिक चासोहरु खुलेआम देखिन थालेको छ । भने व्यवस्था परिवर्तनसम्मका नाराहरु सडकमा घन्किन थालेका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले विसाल सडक प्रदर्शन गर्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित नभए सडकबाटै हन्दुराष्ट्र सहितको राजसंस्था ल्याउन आफूहरु विरोधमा उत्रिने बताएका छन् ।

शुक्रबार  आयोजीत विरोधसभालाई संवोधन गर्दै अध्यक्ष  थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको र अन्य सबै साना ठूला र राष्ट्रिय राजनीतिमा पुगेका शक्तीहरुलाई पनि मिलेर हिन्दुराष्ट्रसहितको राजसंस्था कायम गर्न अनुरोध गरे । थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताएका छन् ।

सोही कार्यक्रममा अर्का अध्यक्ष प्रकाश चन्द्र लोहनीले राजनीतिक अस्थिरता बढेको र विदेशी शक्तीको प्रभाव समेत बढेको समयमा देश बचाउन सबै शक्तीहरुलाई एक हुन आग्रह गरे । उनले अन्तिम विकल्पनै हिन्दु राष्ट्र सहितको राजसंस्था भएको बताए बताउदैँ सवै यसमा एक जुट हुन आग्रह समेत गरेका छन् ।

अर्का अध्यक्ष पशुपती शमसेरले जनता कोरोना महामारीमा बन्दी जस्तै बनेका वेला देश भ्रष्टाचारीको चंगुलमा फसेको भन्दै चिन्ता व्यक्त गरे । महामारीका समयमा देशको राजनीति अस्थिरता तरफ उन्मख भएको भन्दै देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन अपिल समेत गरे । आर्थिक समृद्धिका निमित्त अब शासनको विकल्प खोजी सुरु भएको भन्दै  देश र जनताको हितमा काम गर्न आफूहरु आतुर भएको प्रष्ट पारे ।

संसद विघटन भएपछि संवैधानिक जटिलता सिर्जना भएको राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने राप्रपाको निस्कर्ष छ । राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको नेकपाले आन्तरिक झगडा मिलाउन नसकी देश जनता र संविधानलाई धरापमा पारेको भन्दै राजसंस्थानै अभिभावक हुन राप्रपाको भनाई छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *