संघीय अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या न्यून
Bir Hospital
काठमाडौं,पुस १७ । संघीय अस्पतालमा आकस्मिक सेवा लिनेको संख्या गत वर्षभन्दा आधा लाख कम देखिएको छ । सरकारी ढिलासुस्ती र सेवाको गुणस्तरमा प्रश्न उठिरहेका बेला संघीय अस्पतालको सेवा लिनेको संख्यामा अघिल्ला वर्षको अनुपातमा निकै खाडल देखिएको हो ।
देशभर १५ संघीय अस्पताल छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार अघिल्ला वर्षहरुको भन्दा यो वर्ष आकस्मिक सेवा लिनेहरुको संख्यामा ५६ हजार ४ सय १२ जनाले कमी आएको छ ।
गत माघ ९ देखि नेपालमा देखिएको कोरोना भाइरसको त्रासले पनि धेरैले सेवा नलिएको अनुमान अधिकारीहरुले लगाएका छन् । स्वास्थ्य मन्त्रालयले सामान्य सेवा तत्काल रोक्नु भनेपनि आकस्मिक सेवाको हकमा नियमित संचालन हुने बताएको थियो । तर, पनि अस्पताल र चिकित्सक बिरामी हेर्न तयार नहुँदा विगतमा भन्दा कमले सेवा लिएको हुन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ ।