ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण मृत्यु हुनेको संख्या पछिल्लो चौबीस घण्टामा नयाँ रेकर्ड

काठमाडौं,पुस१६।

वर्ल्डोमिटरमा देखाएको तंथ्याक अनुसार विश्वभर  पछिल्लो चौबीस  घण्टामा अहिलेसम्मकै धेरै १४ हजार ७ सय ४४ जना कोरोनाका कारण मृत्यु भएको छ ।

युरोपेली देशमा मात्र एकैदिन ५ हजार ७ सय ६३ संक्रमितको मृत्यु भएको छ । भने उत्तर अमेरिकी मुलुकहरूमा एकैदिन ५ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिका ३ लाख ५० हजार ७ सय ७८ जनाको मृत्यु  भइसकेको छ । यस्तै एसियाली मुलुकमा पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ९१ संक्रमितको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७ सय ९६, अफ्रिकामा ७ सय १ र ओसिनियामा पछिल्लो चौबीस  घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो चौबीस  घण्टामा ७ लाख १८ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभरका २ करोड २३ लाख ८६ हजार ४ सय ३० सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ६ सय १६ को अवस्था गम्भीर रहेको छ ।

कूल संक्रमित ८ करोड ३० लाख ६० हजार नाघेको छ भने ५ करोड ८८ लाखभन्दा बढी निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *