ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु,५ सय ३४ जना संक्रमित

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, पुस १६

गत चौबीस घण्टामा देशभर कोरोनाका कारण थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यानगुमाउने संख्या १ हजार ८ सय ५६ जना रहेका छन् ।

विभिन्न प्रयोगशालामा गरीएको ६ हजार नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २ सय ४७ सहित देशभर ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६० हजार ५ सय ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा देशभरबाट ४ सय ४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ । हालसम्म संक्रमितमध्ये निको हुने संख्या ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

हाल देशभर क्वारेन्टिनमा ३ सय ६२ जना र संक्रिय संक्रमित संख्या ६ हजार ३ सय ७८ जना रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *