ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायतले सर्वसाधरणमा कोभिड बिरुद्धको खोप अनुमती: कुन कुन खोपले पाए अनुमती

सेयर गर्नुहोस
  • 21
  •  
  •  
  •  
    21
    Shares

द प्रेस नेपाल संवाददाता

काठमाडौं, पुस १६ ।

अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरस विरुद्ध  निर्माण गरेको खोपले बेलायतमा सर्वसाधारणका लागी प्रयोग गर्न सकिने अनुमति पाएको छ ।

आउँदो सातासम्ममा ५ लाख ३० हजार डोज खोप बेलायत सरकारलाई उपलव्ध गराउने प्रतिवद्धता कम्पनीको छ । यो खोप फाइजरको जस्तो भण्डारणमा समस्या नहुने भएकोले विभिन्न देशहरुले सहजै रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

अनुमति पाएको उक्त खोप बेलायत सरकारले १० करोड खरीदका लागी तयार पारीसकेको छ । बेलायतमा डिसेम्बरको सुरुतिर फाइजर बायोएन्टेकले निर्माण गरेको  खोप  प्रयोग गरीरहेको छ ।फाइजरले ९५ दशमलव ५ प्रतिशत सुरक्षा प्रदान गर्छ भने एस्ट्राजेनेकाले ८४ प्रतिशत सुरक्षा प्रदान गर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो । एस्ट्राजेनेको अर्को सातादेखि नागरीकहरुलाई दिन थालीने बेलायतका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत एप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो । त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो ।

चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड–१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *