प्रधानमन्त्रीको कदम असंवैधानिक: सभामुख अग्निप्रसाद सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन गरिएको प्रती आपत्ती जनाउँदै संविधानको रक्षाका लागि आफू भरपुर लागिपर्ने बताएका छन् ।
हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । अहिलेकै अवस्थामा
प्रचण्ड–माधव समूहको महिला संघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख अग्निप्रसाद सापकोटाले अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै आफू संविधानको रक्षाका लागि उभिने बताएका छन् ।
संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताउँदै अदालतमा समेत संविधानको रक्षाको रुपमा आवाज उठाउने सभामुख सापकोटाले बताएका छन् ।
संविधानको रक्षा तथा देश र जनताको हितमा आफ्नो जिम्मेवारी चुक्न नदिने र आफूसक्दो सबैपक्षसंगको सल्लाह सुझावमा संविधानको हितमा र जनपक्षिय हितमा आफ्नो कदम अगाडी बढने सभामुख सापकोटाले बताए ।