नयाँ भाइरसको जोखिम उच्च हुँदा सरकार राजनीतिक खिचातानीमा अल्मलिँदै
द प्रेस नेपाल संवाददाता
काठमाडौं, पुस १६ ।
युरोप देखी इङ्ल्यान्डमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अहिले विश्वभर नै चिन्ता र चासो बढिरहेको छ ।
बेलायत सँग धेरै देशहरुको राम्रो सम्बन्ध भएको कारणले गर्दा पनि नयाँ भनिएको भाइरस सजीलै सँग भित्रिन सक्ने विज्ञहरुले बताइरहँदा नेपालमा भने त्यसको रोकथापमका लागि कुनै कदम चाल्न सकिएको छैन ।
विकसित देशको ट्याग लिन चाहने जापान, फ्रान्स, भारत, अमेरीका लगायतका देशहरुमा नयाँ प्रकारको भाइरसको संक्रमण देखा पर्न थालिसकेको छ । त्यसैले गर्दा पनि नेपालमा पनि जुनसुकै बेला भित्रीन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरीरहेका छन ।
त्यसै बिचमा स्वास्थ्य मन्त्रालयले पनि पुष १ गते देखी युके वा युके हुदै नेपाल आएका नागरकहरुलाई क्वारेन्टिमा बस्न र पिसिआर परीक्षण गर्न आग्रह गरीरहेको छ थियो ।
त्यस मध्ये सो अवधीमा आएका २ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको इडिसिडिका प्रमुख बासुदेव पाण्डेले बताएका थिए । हामीसँग परीक्षण गर्नका लागी उपकरण नभएकोले नयाँ हो कि पुरानो हो भन्न नसकिने उनको तर्क रहेको छ ।
पहिलेकै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा हम्बेहम्बे परिरहेको नेपाललाइ यो भाइरस झन खतरनाक हुन स्वास्थ मन्त्रालयका सहप्रवक्ता समिर अधिकारी बताउँछन् । त्यसो त विज्ञहरूले नेपालमा पहिलेकै कोभीड १९ महामारीले भयावह अवस्था लिइरहेको बेला सरकारले पिसिआर परीक्षण कम गरीरहेको र गम्भीर बिरामीहरुको संख्या बढ्दै गएको भनेर चिन्ता बढ्दै गएको बताउँदै आएका छन् ।
विकाशिल देशमा भयाभह बनेको दोस्रो चरणको कोरोना भाइरसले विश्वलाई आक्रान्त पार्न नसक्दा भन्न सकिन्न । नयाँ कोरोनाभाइरसको संक्रमण प्रवेश गर्ने हो कि भन्ने चिन्ता बढेको छ ।
सरकारले पनि यूकेबाट नेपाल आउनेमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भने ती देश र ती देश हुदैं आउने नागरीकहरु अनिर्वाय क्वारेन्टिन र पिसिआर गर्नु पर्ने रणनिति तयार गरेको छ ।भने विमानस्थल देखी नाकाहरुमा समेत कडाइ गर्न सुरु गरीसकेको छ ।