ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल विहिबार पर्साबाट पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

लुम्बिनी चिनी मिलले उखु किसानलाई १६/ १७ करोड तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो।

उक्त निर्देशनपश्चात मनोज फरार थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *