नयाँ अग्रेजी वर्षको पूर्वसन्ध्यामा चहलपहल बढ्यो
काठमाडाैं, पुस १६ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा भने केही चहल पहल शुरु भएको छ ।
सन २०२१ को पूर्वसन्ध्यामा मुख्य पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको हो ।
काठमाडौंको नगरकोट, काभ्रेको धुलिखेल, पोखरा, चितवनको सौरहा, मुगुको रारा लगायतका स्थानमा केही दिनदेखि आन्तरिक पर्यटक आउन थालेको होटल व्यवसायीले बताएका छन् ।
झण्डै १० महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई उकास्न होटल तथा पर्यटन व्यवसायीले विभिन्न आर्कषक प्याकेज सार्वजनिक गरिसकेका छन् । पोखरा, चितवन, धुलिखेल लगायतका स्थानमा होटलहरु भरिन थालेको छन ।
नयाँ वर्षलाई लक्षित गरि व्यवसायीहरुले विभिन्न पर्यटकीय प्याकेजहरु ल्याएका छन् । प्रत्येक वर्षको अँग्रेजी नयाँ बर्षमा हुँदै आएको सडक महोत्सव पोखरामा यो बर्ष पनि आयोजना गरिएको छ ।
लकडाउनका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न चितवनको सैराहमा होटल तथा अन्य गतिविधीमा छुटका विभिन्न कार्यक्रमहरु ल्याईएको छ । घुमौ सौराह अभियान समेत शुरु भएको छ ।