अस्थिर राजनीतिक अवस्थाले मेरो मुटु पोलेको छः पूर्व राष्ट्रपति यादव
काठमाडौं, पुस १६ । पूर्वराष्ट्रपति डा.रामबरण यादवले देशमा भएको राजनितिक अस्थीरताले आफूलाई रात छटपटी हुने गरेको गुनासो गरेका छन् ।
पछिल्लो राजनीतिक घटना क्रमका कारण देशको अवस्था क्रमश विग्रन थालेको भन्दै पूर्व राष्ट्रपति यादवले रातभर छटपटी हुने गरेको जनाएका हुन ।
‘देशमा भएको राजनीतिक अस्थीरताले मलाई निकै दुख लागेको छ । रात भर निद्रा पनि लाग्दैन, छटपटी भइरहन्छ,’ पूर्व राष्ट्रपति यादवले भने, क जनताले दिएको मायाँका कारण राष्ट्रपति भएको र अहिले सारधारण जनताका रुपमा हेर्दा रात भर छाती पोल्ने गरेको छ ।’
नेपालमा क्षेत्रिय राजनीतिमात्र नभइ बाह्य राजनीतिको प्रभाव बढेको उनको भनाई छ । राष्ट्रियता, लोकतन्त्र धरमरमा परेको भन्दै यादवले यसको रक्षाका लागि सवै एक जुट हुनु पर्ने समेत जनाएका छन ।