देशको अवस्थाले रातभरी छटपटी हुन्छ – पूर्वराष्ट्रपति यादव

काठमाण्डौं,पुस १६ । पूर्वराष्ट्रपति डा रामबरण यादवले देशको अवस्थाका कारण रातभर छटपटी हुने गरेको जनाएका छन् ।
पछिल्लो राजनीतिक घटना क्रमका कारण देशको अवस्था क्रमश विग्रन थालेको भन्दै पूर्व राष्ट्रपति यादवले रातभर छटपटी हुने गरेको जनाएका हुन् । राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा डा यादवले जनताले दिएको मायाँका कारण राष्ट्रपति भएको र अहिले सारधारण जनताका रुपमा हेर्दा छटपटि हुने गरेको उनको भनाई छ ।
नेपालमा क्षेत्रिय राजनीतिमात्र नभइ बाह्य राजनीतिको प्रभाव बढेको उनको भनाई छ । राष्ट्रियता, लोकतन्त्र धरमरमा परेको भन्दै यादवले यसको रक्षाका लागि सवै एक जुट हुनु पर्ने समेत जनाएका छन् ।