ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मन्त्रिपरिषदको विस्तार विरुद्ध परेको रिटको सुनवाई आज

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

१६ पुष , काठमाडौं

मन्त्रिपरिषद विस्तार विरुद्ध परेको रिटको सुनवाइ बुधवारमा हेर्न नभ्याइने सचीमा राखिएको थियो । न्यायधिस इश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको उक्त पेसी विहिवारका लागि तोकिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ भइसकेकाले मन्त्रिपरिषद विस्तारको कार्य रोक्न उक्त रिटमा माग गरिएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *